• २८ आश्विन २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बिम्स्टेक बैठकमा नेपालको प्राथमिकता विपद् व्यवस्थापन र सीमा सुरक्षा




भारतको नयाँदिल्लीमा सम्पन्न बिम्स्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा नेपालले सीमा सुरक्षा, अन्तरदेशीय अपराध नियन्त्रण र प्राकृतिक विपद् व्यवस्थापनमा क्षेत्रीय सहकार्य बढाउन जोड दिएको छ।

बैठकमा सहभागी नेपालका गृहमन्त्री सुदन गुरुङले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएका विपद्का जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणाली सुदृढीकरण तथा उद्धार र राहतमा समन्वयको आवश्यकता औँल्याएका थिए।

The Union Minister for Home Affairs and Cooperation, Shri Amit Shah addressing at the first BIMSTEC Home Ministers’ Meeting 2026, in New Delhi on October 13, 2026.

अक्टोबर १३ मा सम्पन्न बैठकले आतङ्कवाद, मानव बेचबिखन, लागुऔषध ओसारपसार, साइबर अपराध, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी गतिविधिमा हुने वित्तीय लगानी नियन्त्रणमा सहकार्य बढाउने दिल्ली घोषणापत्र पारित गरेको छ। बैठकले मानव बेचबिखन नियन्त्रण, लागुऔषध नियन्त्रण, अवैध वित्तीय प्रवाह रोकथाम र प्राकृतिक विपद्को तयारी तथा प्रतिकार्यसम्बन्धी कार्ययोजनालाई पनि अघि बढाएको छ।

बैठकको साइडलाइनमा नेपालका गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री अमित शाहबीच द्विपक्षीय भेटवार्ता भएको थियो। भेटमा सीमा व्यवस्थापन, सुरक्षा सहकार्य, अन्तरदेशीय अपराध नियन्त्रण तथा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। बाढीपहिरोपछि नेपाललाई भारतले गरेको सहयोगप्रति गुरुङले धन्यवादसमेत व्यक्त गरेका थिए।

बङ्गालको खाडी क्षेत्रका सात देश नेपाल, भारत, बङ्गलादेश, भुटान, म्यानमार, श्रीलङ्का र थाइल्यान्ड सदस्य रहेको बिम्स्टेक क्षेत्रीय सहकार्यको संस्था हो। सन् २०१८ मा काठमाडौंमा सम्पन्न चौथो बिम्स्टेक शिखर सम्मेलनले गृहमन्त्रीस्तरीय बैठक गर्ने निर्णय गरेको थियो।

Facebook Comments