• २३ आश्विन २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्तीमा पराल र भुसा जलाउन रोक, गौशालालाई उपलब्ध गराउन आग्रह




भालुबाङ। दाङको राप्ती गाउँपालिकाले धान काटेपछि खेतमा बाँकी रहेको पराल र भुसा नजलाउन किसानलाई आग्रह गरेको छ।

गाउँपालिकाले पराल तथा भुसा जलाउँदा वातावरण प्रदूषण बढ्नुका साथै माटोको उर्वराशक्ति घट्ने र मानव स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने भन्दै यस्तो कार्य नगर्न आग्रह गरेको हो।

गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै पराल तथा भुसा जलाउँदा श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढ्ने र पशु आहाराको व्यवस्थापनमा समेत असर पर्ने जनाएको छ।

खेतमा रहेको पराललाई आगो लगाएर नष्ट गर्नुभन्दा पशु आहाराका रूपमा उपयोग गर्न गाउँपालिकाले किसानलाई आग्रह गरेको छ।

साथै, गाउँपालिका क्षेत्रभित्र तथा अन्य क्षेत्रमा रहेका गौशालालाई पराल उपलब्ध गराउन चाहने किसानलाई आवश्यक सहयोग गर्ने पनि जनाएको छ।

गाउँपालिकाका अनुसार गौशालालाई पराल उपलब्ध गराउन इच्छुक किसानले पराल तयार भएपछि कम्तीमा एक दिनअघि गाउँपालिकाको कृषि तथा पशुसेवा शाखामा सम्पर्क गर्नु पर्नेछ ।

पराल तथा भुसा जलाउँदा वातावरणमा प्रदूषण फैलिनुका साथै माटोको गुणस्तरमा समेत असर पर्ने भएकाले किसानले वैकल्पिक उपाय अपनाउनुपर्ने गाउँपालिकाको भनाइ छ।

परालको उपयोगबाट वातावरण संरक्षणसँगै पशु आहाराको व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाहद्वारा जारी सूचनामा किसानलाई पराल तथा भुसा नजलाउन र वातावरण स्वच्छ राख्ने अभियानमा सहयोग गर्न आग्रह गरिएको छ।

Facebook Comments