कमिरेचौर । बंगलाचुली गाउँपालिकामा सरुवा भएर आएका तथा सरुवा भई अन्यत्र जान लागेका कर्मचारीलाई स्वागत तथा विदाइ गरिएको छ। आज बुधबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिकामा सरुवा भएर आउनुभएका निमबहादुर केसी र जिवराज महरालाई स्वागत तथा गाउँपालिकाबाट सरुवा भएर जान लाग्नुभएको प्रकाश जैशीलाई विदाइ गरिएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि पुनले सरुवा भएर आउने कर्मचारीलाई स्वागत तथा सरुवा भएर जाने कर्मचारीलाई बधाई दिँदै आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभयो। उहाँले कर्मचारी सरुवा नियमित प्रक्रिया भएकाले जहाँ रहे पनि जनताको सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो।
स्थानीय तहप्रति नागरिकको अपेक्षा बढी हुने उल्लेख गर्दै अध्यक्ष पुनले सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।
प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएकाले नागरिकका आधारभूत आवश्यकता समयमै सम्बोधन गर्न कर्मचारीले आफ्नो पदीय जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने बताउनुभयो। उहाँले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन कर्मचारीबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।
कार्यक्रममा सरुवा भएर जाने तथा नयाँ जिम्मेवारीका लागि गाउँपालिकामा आएका कर्मचारीलाई टीका, खादा र मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रममा वरिष्ठ लेखा अधिकृत नारायणप्रसाद आचार्य, आलेप प्रमुख महेन्द्र शर्मा, स्वास्थ्य शाखा प्रमुख नेवबहादुर केसी लगायत गाउँपालिकाका विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरूको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन प्रशासन प्रमुख नुमाकान्त कालाथोकीले गर्नुभएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
