घोराही, १७ असोज । लाइन्स क्लब अफ घोराही अम्बिकेश्वरीको अध्यक्षमा लायन गेहेन्द्र बहादुर बस्नेत निर्वाचित हुनुभएको छ । उहाँ क्लबको वर्ष २०२६/०२७ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । क्लबले शनिबार घोराहीस्थित तामा रेस्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित बस्नेत नेतृत्वको नवनिर्वाचित कार्यसमितिको औपचारिक घोषणा गरेको थियो ।
त्यस्तै क्लबको प्रथम उपाध्यक्षमा लायन शिशिर सुवेदी, द्वितीय उपाध्यक्षमा लायन बसन्तप्रसाद रिजाल, तीतृय उपाध्यक्षमा लायन इन्जिनियर सागर बस्नेत, कोषाध्यक्षमा लायन गोपाल गिरी, सचिवमा लायन सीता मल्ल र सह-सचिवमा लायन रामप्रसाद पोख्रेल निर्वाचित हुनुभएको छ ।
त्यस्तैगरी क्लबको निर्देशकमा लायन नवराज वसेल, क्लबका सचेतक लायन निमबहादुर केसी, स्वास्थ्य डाइरेक्टर लायन प्रतिक पौडेल, जनसम्पर्क डाइरेक्टर लायन वसन्तराज भट्ट, रिपोर्टिङ अफिसर लायन डाक्टर नवीन बोहरा क्षेत्री रहनुभएको छ, भने रिजन चेयरपर्शन लायन पृथ्वी कँवर र डिस्ट्रिक चिफ लायन दिप्ती राणा रहनुभएको छ ।
लाइन्स क्लब अफ घोराही अम्बिकेश्वरीका वर्ष २०२५/२६ का लायन प्रकाश सुवेदीको अध्यक्षता एवं एलसिआइ डिस्ट्रिक ३२५ एनका डिजी एमजेएफ लायन टिकाराम चपाईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि चपाईले क्लबको वर्ष २०२६/०२७ को तीन महिना वितिसकेको हुँदा अबदेखि क्लबका निर्वाचित कार्यसमितिले सामाजिक गतिविधिलाई अगाडि बनाउनुपर्ने बताउनुभयो । समाजमा सामाजिक गतिविधिलाई अगाडि बढाउदै क्लबको राम्रो छवि र परिचय बनाउनुपर्नेमा उहाँको जोड दिनुभयो । सामाजिक सेवाबाटै संस्थालाई अगाडि बढाउने उल्लेख गर्दै उहाँले जहाँ अभाव, विपत्ति आउछ त्यहाँ लायन्स पुग्ने राहत वितरण गर्ने भएको हुँदा यस्तो सामाजिक महाअभियानमा जोडिन पनि सम्पूर्ण सामाजिक व्यक्तित्वहरुलाई आग्रह गर्नुभएको थियो । साथै प्रमुख अतिथि चपाईले क्लबको वर्ष २०२६/०२७ का नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराउनुभएको थियो ।
त्यस्तै कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष प्रकाश सुवेदीले नवनिर्वाचित वर्ष २०२६/०२७ का अध्यक्ष लायन गेहेन्द्र बहादुर बस्नेतलाई पद हस्तान्तरण गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा सञ्जीवनी शिक्षण अस्पतालका दीपक रोका, जिल्ला वन कार्यालय दाङका निमित्त वन अधिकृत भक्तबहादुर चौधरी, व्यवसायी निरज राज गहतराज र शैक्षिक व्यक्तित्व बिमल कुमार श्रेष्ठ गरी चारजना नयाँ सदस्य क्लब जोडिनुभएको थियो ।
साथै कार्यक्रम सहभागी अतिथिहरुले नवनिर्वाचित कार्यसमितिलाई बधाइ तथा सफल कार्यकालको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा लियो क्लब अफ घोराही अम्बिकेश्वरीका एरिया चिफ बिराज पौडेलले क्लब अध्यक्ष सागर खनालको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गर्नुभएको थियो ।
क्लबका वर्ष २०२६/२७ का प्रथम उपाध्यक्ष लायन शिशिर सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन लायन नवराज वसेलले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
