• १३ आश्विन २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अनुभवको लामो यात्रा बोकेका नारायण प्रसाद भण्डारी महाधिवेशन प्रतिनिधिको दौडमा




दाङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधि पदका लागि खुल्ला तर्फ बाट नारायण प्रसाद भण्डारीले उम्मेदवारीको तयारी गरेका छन्।

लामो समयदेखि नेपाली कांग्रेसको संगठनमा सक्रिय रहँदै आएका भण्डारीले पार्टीका विभिन्न तह र जिम्मेवारीमा रहेर काम गरिसकेका छन्। उनी साविक काभ्रे गाविसको दुई कार्यकाल सभापतिको जिम्मेवारी सम्हालेका थिए।

त्यसैगरी भण्डारी दाङ क्षेत्र नं. २ प्रदेशसभा १ को कोषाध्यक्ष, क्षेत्रीय कोषाध्यक्ष तथा उपाध्यक्षको जिम्मेवारीमा रहेर संगठन निर्माण र पार्टी गतिविधिमा योगदान पुर्‍याएका छन्। उनले एक कार्यकाल जिल्ला सदस्यको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन्।

राजनीतिकसँगै स्थानीय तहको जनप्रतिनिधिका रूपमा समेत अनुभव हासिल गरेका भण्डारी निर्वाचित वडा सदस्य भएर जनताको प्रतिनिधित्व गरिसकेका व्यक्ति हुन्। पेशागत रूपमा उनी पूर्वशिक्षकसमेत हुन्।

पार्टी संगठनको विभिन्न तहमा काम गरेको अनुभव, स्थानीय तहको जनप्रतिनिधिका रूपमा हासिल गरेको अनुभव तथा शिक्षण क्षेत्रको पृष्ठभूमिलाई आधार बनाउँदै भण्डारीले महाधिवेशन प्रतिनिधिका रूपमा पार्टीमा थप योगदान पुर्‍याउने लक्ष्यसहित उम्मेदवारी अघि सारेका हुन्।

भण्डारीले पार्टीको नीति, संगठन सुदृढीकरण र कार्यकर्ताको भावना समेट्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Facebook Comments