• ९ आश्विन २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
भारी वर्षापछि राप्तीका कर्मचारीलाई बिदाका दिन पनि कार्यालयमा उपस्थित हुन निर्देशन




मसुरिया। भारी वर्षाका कारण विपद्को जोखिम कायमै रहेपछि दाङको राप्ती गाउँपालिकाले सार्वजनिक बिदाका दिनसमेत कर्मचारीलाई कार्यालयमा उपस्थित भएर तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

गाउँपालिकाले असोज १० गते शनिबार र ११ गते आइतबार सार्वजनिक बिदा परे पनि गाउँपालिका, वडा कार्यालय तथा स्वास्थ्य संस्थामा कार्यरत सबै कर्मचारीलाई आ–आफ्नो कार्यालयमा उपस्थित हुन अनुरोध गरेको हो।

गाउँपालिकाले मौसम विज्ञान विभागबाट जारी सूचनाअनुसार हाल भारी वर्षा भइरहेको र वर्षाका कारण विपद्को जोखिम कायमै रहेको जनाएको छ। सम्भावित विपद् व्यवस्थापनमा सहयोग, सहजीकरण तथा प्रभावकारी समन्वयका लागि कर्मचारीलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन भनिएको छ।

सूचनामा सबै कर्मचारीलाई गाउँपालिकासँग निरन्तर सम्पर्क र समन्वयमा रहनसमेत आग्रह गरिएको छ। विपद्को अवस्था सिर्जना भएमा तत्काल परिचालन हुन सक्ने गरी कार्यालयमा उपस्थित भएर तयारी अवस्थामा रहन गाउँपालिकाले भनेको हो।

Facebook Comments