• ३ आश्विन २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अम्बिकेश्वरी मन्दिर संरक्षण समितिको चौथो साधारणसभा सम्पन्न




घोराही । अम्बिकेश्वरी मन्दिर संरक्षण र सम्बर्धन समितिको चौथो साधारणसभा सम्पन्न भएको छ ।

घोराही–१८ कटुवाखोलास्थित एस रिसोर्टमा आयोजित साधारणसभाको अध्यक्षता समितिका अध्यक्ष नारायणप्रसाद अधिकारीले गर्नुभएको थियो ।

साधारणसभाका प्रमुख अतिथि समितिका पूर्वअध्यक्ष एवं सल्लाहकार विनोद पोख्रेल रहनुभएको थियो । कार्यक्रममा घोराही–१८ का अध्यक्ष भरतमणि अर्याल, समितिले सञ्चालन गरिरहेको बाल संस्कार शिक्षा कार्यक्रमका प्रशिक्षक प्रकाश खनाल, घोराही–१८ ज्येष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष बुद्धि चौधरी, बाह्रकुने बराह धामका अध्यक्ष देवबहादुर घर्ती, नमछु बौद्ध गुम्बाका अध्यक्ष सतबहादुर रोका तथा पाण्डवेश्वर धाम धारपानीका उपाध्यक्ष शंकर गौतम, साइग्रेस म्युजिक सेन्टरका सुशील गुप्ताले बोल्नुभएको थियो ।

साधारणसभाका अवसरमा मन्दिरको संरक्षण तथा विकासमा योगदान पुर्‍याउने सहायक पूजारी रामप्रसाद भुसाल, आजीवन सदस्य माधवप्रसाद पौडेल (नवलपुर), माधव भण्डारी, नारायणप्रसाद भुसाल, माधवप्रसाद पौडेल (रझेना) र जीवन श्रेष्ठलाई सम्मान गरिएको थियो ।

त्यसैगरी मन्दिरका लागि सहयोग गर्ने घोराही–१७ चौघेराकी गौरादेवी रेग्मी, घोराही–१४ का केशवनारायण श्रेष्ठ तथा उद्योग वाणिज्य संघलाई सम्मान गरिएको थियो । कार्यक्रममा समितिकी महिला उपाध्यक्ष निरजा पोख्रेलले स्वागत गर्नुभएको थियो भने सचिव दामोदर भुसालले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा बाल संस्कार शिक्षा कार्यक्रममा सहभागी बालबालिकाले विभिन्न सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए ।

साधारणसभाको बन्दसत्रले समितिको विधान र कर्मचारी नियमावली संशोधन गरेको छ ।

Facebook Comments