• ३१ भाद्र २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीमा बजाज एक्सचेन्ज मेला हुँदै




घोराही । दाङमा बजाज मोटरसाइकलको ‘बजाज एक्सचेन्ज मेला’ आयोजना हुने भएको छ।

राप्ती अटो इन्जिनियरिङको आयोजनामा यही २०८३ असोज ४ गतेदेखि ९ गतेसम्म घोराही उपमहानगरपालिका–१५ स्थित डीके पेट्रोल पम्प नजिकै, दाङ निर्माण व्यवसायी संघको प्राङ्गणमा एक्सचेन्ज मेला सञ्चालन हुने भएको हो।

मेलामा पुरानो मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा उच्च मूल्यांकन, नगद छुट, अन द स्पट फाइनान्स, कम ईएमआई तथा निःशुल्क हेल्मेट लगायतका सुविधा उपलब्ध हुने आयोजकले जनाएको छ।


राप्ती अटो इन्जिनियरिङका अनुसार मेलामा बजाजका विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटरको खरिद तथा एक्सचेन्ज गर्न सकिनेछ। साथै पुरानो सवारीसाधनको मूल्यांकन गरी नयाँ बजाज मोटरसाइकल लिन सकिने व्यवस्था मिलाइएको छ।

Facebook Comments