• ३१ भाद्र २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बेलायतस्थित गोर्खा ग्रुपका सेयरधनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग




दाङ। बेलायतमा रहेका गोर्खा ग्रुप, दाङका सेयरधनीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २ लाख ४१ हजार १७७ सहयोग गरेका छन्।

ग्रुपका सेयरधनीहरूले उक्त रकम १ हजार ५३६ अमेरिकी डलर बराबर रहेको जनाएका छन्। विपद्को समयमा सहयोगमार्फत आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले रकम प्रदान गरिएको उनीहरूको भनाइ छ।

सहयोगकर्ताहरूले प्रकृतिसँगको सम्बन्धलाई बलियो बनाउँदै वातावरण संरक्षण र विश्वव्यापी तापक्रम वृद्धिविरुद्ध सामूहिक रूपमा अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

उनीहरूले यस्तो सहयोगलाई नेपालीपन, प्रकृतिप्रतिको जिम्मेवारी र मानवीय सेवाको भावनासँग जोडिएको कार्यका रूपमा प्रस्तुत गरेका छन्।

Facebook Comments