दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको नेतृत्वलाई अझ प्रभावकारी, सशक्त र व्यवसायीमैत्री बनाउन योग्य, सक्षम, अनुभवी तथा इमानदार व्यवसायी नरेशकुमार श्रेष्ठलाई अध्यक्षका रूपमा अघि सार्नु आजको आवश्यकता हो।
संघको सचिव तथा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सफलतापूर्वक सम्हालिसक्नुभएका श्रेष्ठले व्यवसायीका समस्या, चुनौती र आवश्यकतालाई नजिकबाट बुझ्नुभएको छ। अनुभवबाट खारिएको नेतृत्व क्षमता, स्पष्ट दृष्टिकोण र व्यवसायीको हकहितप्रतिको प्रतिबद्धताले उहाँलाई अध्यक्ष पदका लागि सक्षम उम्मेदवार बनाएको छ।
उद्योगी तथा व्यवसायीका समस्या समाधानका लागि सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्दै व्यवसायीको सम्मान, सुरक्षा र अधिकार सुनिश्चित गर्ने बलियो आवाजका रूपमा संघलाई अघि बढाउन श्रेष्ठको नेतृत्व आवश्यक छ।
अब दाङको उद्योग–व्यवसाय क्षेत्रलाई एकताबद्ध, व्यवस्थित र थप सबल बनाउने समय हो। त्यसका लागि नरेशकुमार श्रेष्ठलाई अध्यक्षमा साथ दिऔँ, सहयोग गरौँ र सफल बनाऔँ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
