घोराही । नेपाल नियमित रक्तदाता संघका संस्थापक अध्यक्ष स्वर्गीय सरोज सिलवाल ‘बन्दी’को १९औँ स्मृति दिवसको अवसरमा नेपाल नियमित रक्तदाता संघ दाङ शाखाले शनिबार साँझ घोराहीको बीपी चोकमा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल नियमित रक्तदाता संघ दाङ शाखाका अध्यक्ष गुरु गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वर्गीय सरोज सिलवाल ‘बन्दी’प्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले रक्तदान अभियानलाई संस्थागत, व्यवस्थित तथा प्रभावकारी रूपमा अगाडि बढाउन पुर्याउनुभएको योगदानको स्मरण गरिएको थियो।
कार्यक्रममा उहाँको योगदान सम्पूर्ण रक्तदाता समुदायका लागि सदैव प्रेरणाको स्रोतका रूपमा रहने कुरा वक्ताहरूले उल्लेख गरेका थिए।
कार्यक्रमको सहजीकरण संघकी सचिव रमिला शर्माले गर्नुभएको थियो।
दीप प्रज्ज्वलन कार्यक्रममा नियमित रक्तदाता निरज गिरी, कुलराज पोख्रेल, गोविन्द मल्ल, डीके जोशी, प्रवेश भण्डारी, अनुजा शर्मा, दीपेश डिसी, श्याम गिरी, जीवन अधिकारी, ओमप्रकाश शर्मा, हिमाल महरालगायतको उपस्थिति रहेको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
