श्रवण कुमार यादव
कैलाली । कैलालीको जोशीपुर गाउँपालिका–२, मुद्धीस्थित श्री जनप्रकाश माध्यमिक विद्यालयलाई भारतीय दूतावास, काठमाडौंले विद्यार्थी तथा शिक्षकका लागि आवश्यक करिब ५० हजार रुपैयाँ बराबरका पुस्तक सहयोग गरेको छ।
विद्यालयका अनुसार पूर्वविद्यार्थी, विद्यार्थी नेता तथा सामाजिक अभियन्ता लोकेश जोशीको विशेष पहलमा भारतीय दूतावासबाट उक्त पुस्तकहरू प्राप्त भएका हुन्।
पुस्तक सहयोगले ग्रामीण क्षेत्रका विद्यार्थी तथा शिक्षकहरूको अध्ययन–अध्यापनमा थप टेवा पुग्ने विद्यालयका प्रधानाध्यापक सुरेश थारुले बताउनुभयो।
प्रधानाध्यापक थारुका अनुसार प्राप्त पुस्तकहरू विद्यालयको पुस्तकालयमा राखिनेछन् र विद्यार्थी, शिक्षक तथा सम्बन्धित पक्षले अध्ययनका लागि प्रयोग गर्न सक्नेछन्।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
