• २४ भाद्र २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्ती इञ्जिनियरिङद्वारा बाढीपीडितका लागि १ लाख ५१ हजारभन्दा बढी सहयोग




घोराही। दाङको घोराही–१६, सानीअम्बापुर सर्रामा रहेको राप्ती इञ्जिनियरिङ कलेजले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गरेको छ।कलेजले मानवीय सहयोग तथा सामाजिक उत्तरदायित्वअन्तर्गत रु. १ लाख ५१ हजार ९ सय ७० आर्थिक सहयोग गरेको कलेजका कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले जानकारी दिनुभयो।कलेज परिवारबाट रकम संकलन गरी जुटाइएको उक्त सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको कलेजका प्रबन्ध निर्देशक डा. भीमसेन गिरीले बताउनुभयो।
विपद्को कठिन घडीमा बाढी प्रभावित नागरिक तथा परिवारप्रति ऐक्यबद्धता जनाउँदै कलेजले उद्धार, राहत, पुनःस्थापना तथा मानवीय सेवाका क्षेत्रमा आफ्नो सामाजिक प्रतिबद्धता निरन्तर कायम राख्ने उहाँले बताउनुभयो।

कलेजले बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको कलेजका प्रिन्सिपल रेशम गिरीले जानकारी दिनुभयो।

Facebook Comments