घोराही, दाङ । चुन्वाङ समाज दाङ, घोराही–१४ ले बाढीबाट प्रभावित परिवारका लागि आर्थिक सहयोग प्रदान गरेको छ। समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत रु. १५ हजार १०५ सहयोग रकम हस्तान्तरण गरेको हो।

अविरल वर्षाका कारण बाढीबाट प्रभावित परिवारलाई विपद्को यस कठिन घडीमा थोरै भए पनि राहत र सहारा पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको समाजका प्रतिनिधिहरूले बताएका छन्।
सहयोग हस्तान्तरण कार्यक्रममा समाजका अध्यक्ष माणिकर्ण पुन, निवर्तमान अध्यक्ष कुम्विर डाँगी, उपाध्यक्ष संझना जी.सी., सचिव धनीप्रसाद ओली तथा कानुनी सल्लाहकार दिनेश वली लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा अध्यक्ष माणिकर्ण पुनले दुःखको घडीमा एक–आपसमा सहयोग गर्नु सामाजिक संस्थाको दायित्व भएको बताउँदै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
