• ३ आश्विन २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रतिष्ठानबाट ४३ जनालाई निःशुल्क स्वास्थ्य सेवा




दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीबाट करिब तिन महिनाको अवधिमा ४३ जना विपन्न, असाहय र बेवारिसे नागरिकले निःशुल्क सेवा पाएका छन् । सरकारले देशभरका अस्पतालमा १० प्रतिशत बेड र उपचार सेवा निःशुल्क गर्ने भनेसँगै घोराहीमा रहेको प्रतिष्ठानबाट जेठदेखि साउन महिनासम्म ४३ जनाले निःशुल्क सेवा प्राप्त गरेका छन् ।

प्रतिष्ठानले वैशाख १५ गतेदेखि हालम्म ३० वटा विपन्न, असहाय र बेवावारिसे नागरिकका लागि बेड छुट्याएर निःशुल्क उपचार सेवा प्रदान गरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा. सुरेश रसाइलीले जानकारी दिनुभएको छ । तीन सय बेड रहेको राप्ती स्वासथ्य विज्ञान प्रतिष्ठानले बिरामीका लागि ३० वटा बेड छुट्याएको छ । जसबाट तिन महीनाको अवधिमा ४३ जना विपन्न, असाहय र बेवावारिसे नागरिकले निःशुल्क सेवा पाएको निर्देशक रसाइलीले जानकारी दिनु भयो ।

वडाको प्रमाणका आधारमा विपन्न, असाहय र बेवावारिसे नागरिकलाई निःशुल्क उपचार सेवा दिने गरेको छ । निःशुल्क सेवाको प्रचारप्रसार नहँुदा नागरिकले अत्यन्तै न्यून मात्रामा सेवा लिएका छन् । दिनहुँ हजारको हाराहारीमा बिरामी आउने र सेवा लिने घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निःशुल्क सेवा पाएसँगै विरामी खुसी देखीएका छन् ।

सामाजिक सेवा एकाइबाट पहिले पनि आर्थिक रूपमा विभिन्न नागरिकलाई सेवा प्रदान गर्दै आए पनि सरकारले कूल बेड सङ्ख्याको १० प्रतिशत बेड छुट्याएर निःशुल्क सेवा प्रदान गर्ने भनेपछि बेड छुट्याएर सेवा दिन थालेको डा. रसाइलिले बताउनु भयो ।

Facebook Comments