• १९ भाद्र २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
एनभिडियाद्वारा रसुवा बाढीपीडितका लागि १० मिलियन अमेरिकी डलर सहयोग




काठमाडौं । रसुवालगायत बाढी प्रभावित क्षेत्रका नागरिकको राहत तथा पुनःस्थापनाका लागि विश्वप्रसिद्ध प्रविधि कम्पनी एनभिडिया (Nvidia) ले नेपाललाई १० मिलियन अमेरिकी डलर सहयोग गरेको छ।

नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने उक्त रकम रसुवा बाढीपीडितको राहत तथा पुनःस्थापनामा प्रयोग गरिने जनाइएको छ।

दाङको घोराही घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका सुनिल गौतमका अनुसार अमेरिकामा रहेका नेपालीहरूको पहलमा एनभिडियासँग समन्वय गरी उक्त सहयोग जुटाइएको हो। विपद्को समयमा नेपाल र नेपालीलाई सहयोग गर्ने उद्देश्यले अमेरिकामा रहेका नेपालीहरूले पहल गरेको उनले बताए।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङप्रति आभार व्यक्त गर्दै प्राप्त सहयोगले बाढी प्रभावित क्षेत्रको राहत तथा पुनःस्थापनामा महत्वपूर्ण योगदान पुग्ने बताएका छन्।

रसुवामा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले राहत, उद्धार तथा पुनःस्थापनाका लागि स्वदेश तथा विदेशबाट सहयोग जुटाउँदै आएको छ।

Facebook Comments