घोराही । रसुवामा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको सहयोगका लागि घोराही–१५, रतनपुर चोकस्थित ४के एरिनाले सहयोग अभियान सञ्चालन गर्ने भएको छ।
अभियानअन्तर्गत भोलि शुक्रबार (भदौ १९ गते) फुटसल खेलबाट उठ्ने सम्पूर्ण रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने ४के एरिनाका सञ्चालक बिपिन बुढाथोकीले जानकारी दिए।
‘खेलाडीको पसिना, पीडितको आशा ! हाम्रो साथ, तपाईंको सहयोग’ भन्ने भावनासहित सञ्चालन हुने अभियानमा सहभागी भएर खेल खेल्दै बाढीपहिरो पीडितलाई सहयोग गर्न एरिनाले सबैलाई आग्रह गरेको छ।
बुढाथोकीका अनुसार विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले सानो प्रयासस्वरूप अभियान सञ्चालन गर्न लागिएको हो। उनले फुटसल खेलमा सहभागी भई सहयोग अभियानलाई साथ दिन खेलप्रेमी तथा सर्वसाधारणलाई आग्रह गरेका छन्।
“हाम्रो सानो प्रयास, कसैको ठूलो सहारा” भन्ने उद्देश्यसहित आयोजना हुने अभियानमा सहभागी भएर मानवीय सहयोगमा हातेमालो गर्न सबैलाई आग्रह गरिएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
