• १५ भाद्र २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
भोटेकोशी बाढीपीडितका लागि राजपुर गापाले १० लाख सहयोग गर्ने 




श्रवण कुमार यादव
राजपुर।भोटेकोशीमा आएको विनाशकारी बाढी तथा विपद्जन्य घटनाबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि दाङ जिल्लाको राजपुर गाउँपालिकाले १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला राजपुर गाउँपालिकाले आफ्नो स्थानीय तहको सीमाभन्दा बाहिरका पीडित नागरिकको राहत तथा उद्धारमा समेत सहयोग गर्ने निर्णय गरेको हो। यसलाई विपद्को समयमा स्थानीय सरकारबीचको सहकार्य, मानवीय सहयोग र साझा जिम्मेवारीको अभ्यासका रूपमा लिन सकिन्छ।

सोमबार बसेको राजपुर गाउँ कार्यपालिकाको बैठकले आ.व. २०८३/०८४ का लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमअन्तर्गत “विपद्जन्य घटनाबाट सिर्जित समस्याको व्यवस्थापन” शीर्षकबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १० लाख सहायता रकम प्रदान गर्ने निर्णय गरेको हो।

बैठकले भोटेकोशी बाढी तथा अन्य विपद्जन्य घटनामा परी ज्यान गुमाएका सम्पूर्ण मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन रहेका नागरिकहरूको छिटोभन्दा छिटो सकुशल उद्धारको अपेक्षा गरेको छ।

सम्पर्कविहीन नागरिकहरूको खोजी, उद्धार तथा राहतका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने निर्णयसमेत गाउँ कार्यपालिकाले गरेको छ। विपद्को यस कठिन घडीमा पीडित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले राजपुर गाउँपालिकाले उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको जनाएको छ।

Facebook Comments