• १५ भाद्र २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राष्ट्रिय पुस्तकालय दिवसकाे अवसरमा गढवामा हाजिरीजवाफ प्रतियोगिता 




निराजन यादव
दाङ। १९औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, गढवाले हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ।

विद्यार्थी तथा युवामा पठन संस्कृतिको विकास, ज्ञानको विस्तार र अध्ययनप्रति रुचि बढाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा टेक एज गर्ल्स कार्यक्रम अन्तर्गतका विद्यार्थीहरूको पाँच समूह सहभागी भएका थिए। सहभागी समूहबीच विभिन्न विषयमा प्रश्नोत्तरमार्फत प्रतिस्पर्धा गराइएको थियो।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने समूहलाई पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगिताले विद्यार्थीहरूमा अध्ययन, खोज तथा प्रतिस्पर्धात्मक भावनाको विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

कार्यक्रमको अध्यक्षता देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष दुःखहरण यादवले गर्नुभएको थियो। कार्यक्रममा खिमप्रसाद घिमिरे र चेतनाथ पौडेलले सहजीकरण गर्नुभएको थियो भने पटवारी यादवले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा पत्रकार सपना पौडेललगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दुःखहरण यादवले पुस्तकालयलाई समाजको ज्ञान, सूचना र चेतना विकासको केन्द्रका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “पुस्तकालयमा पुस्तक राखेर मात्र हुँदैन, त्यसलाई पढ्ने र ज्ञान हासिल गर्ने वातावरण निर्माण गर्नुपर्छ। नयाँ पुस्तालाई अध्ययन र ज्ञानसँग जोड्न यस्ता सिर्जनात्मक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्छन्।”

अध्यक्ष यादवले प्रविधिको बढ्दो प्रयोगसँगै युवामा पठन संस्कृतिको विकास गर्न पुस्तकालयले समयअनुकूल कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।

कार्यक्रमले विद्यार्थीहरूमा सामान्य ज्ञान अभिवृद्धि गर्नुका साथै अध्ययन, अनुसन्धान, आत्मविश्वास र समूहगत प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुगेको आयोजकको भनाइ छ।

Facebook Comments