• २ आश्विन २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रसुवा बाढीपीडितका लागि  लिकर्ष एशोसिएसनको ६१ हजार ९४० रुपैयाँ सहयोग




दाङ । चीनको तिब्बततर्फबाट आएको आकस्मिक तथा भीषण बाढीका कारण रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट रसुवागढी, टिमुरे तथा आसपासका तल्लो तटीय क्षेत्रमा भएको अकल्पनीय क्षतिप्रति राप्ती अञ्चल लिकर्ष एशोसिएसनले दुःख व्यक्त गरेको छ।

बाढीका कारण रसुवागढी भन्सार, सुरक्षानिकायका ब्यारेक, जलविद्युत् आयोजना, सडक, पुल तथा स्थानीय बस्तीहरूमा ठूलो भौतिक क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको घटनाले एशोसिएसनलाई स्तब्ध र मर्माहत बनाएको जनाएको छ।

विपद्को यस दुःखद घडीमा बाढीपीडितलाई केही राहत पुगोस् भन्ने उद्देश्यले एशोसिएसनले रु. ६१ हजार ९ सय ४० सहयोग गर्ने निर्णय गरेको छ।

अध्यक्ष हिमाल न्यौपानेको अध्यक्षतामा २०८३ भदौ १३ गते बसेको एशोसिएसनको कार्यसमिति बैठकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।

एशोसिएसनले विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु सबैको सामाजिक दायित्व भएको भन्दै राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग गर्न सम्बन्धित सबैमा आग्रहसमेत गरेको छ।

Facebook Comments