घोराही । मन्जिल बेबी जोनको सफलतासँगै व्यवसाय विस्तार गर्दै घोराहीको दिपशिखा चोकमा मन्जिल ट्रेड जोन सञ्चालनमा आएको छ। ट्रेड जोनको आज विविध कार्यक्रमका बीच उद्घाटन गरिएको हो।
मन्जिल ट्रेड जोनको उद्घाटन दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशी, वरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठ, सहकोषाध्यक्ष माधव खनाल, राप्ती अञ्चल लिकर्स एसोसिएसनका अध्यक्ष हिमाल न्यौपाने, निवर्तमान अध्यक्ष तेज पौडेल (विश्व) लगायतको उपस्थितिमा गरिएको थियो।
ट्रेड जोनका सञ्चालक मिलन दंगालका अनुसार यहाँ स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका पेय पदार्थहरू सुपथ मूल्यमा उपलब्ध हुनेछन्। ग्राहकको आवश्यकता र मागलाई ध्यानमा राख्दै गुणस्तरीय सामग्री सहज तथा प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउने उद्देश्यले व्यवसाय सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो।
मन्जिल बेबी जोनको सफलतापछि व्यवसायलाई थप विस्तार गर्दै मन्जिल ट्रेड जोन सञ्चालनमा ल्याइएको सञ्चालक दंगालले बताउनुभयो। उहाँले आगामी दिनमा ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्दै व्यवसायलाई थप विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

