दाङ । नेपाल विद्यार्थी संघ दाङले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोध गर्दै न्यायको मागसहित दाङको घोराहीमा दीप प्रज्वलन कार्यक्रम गरेको छ।
जघन्य अपराधमा संलग्न दोषीलाई तत्काल नियन्त्रणमा लिई कडा कानुनी कारबाही गर्न माग गर्दै दिवंगत अबोध बालिकाको आत्माको शान्तिको कामना तथा दोषीमाथि कारबाहीका लागि दबाब सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाल विद्यार्थी संघ दाङका कार्यवाहक अध्यक्ष गुरु प्रसाद गौतमले जानकारी दिनुभयो।
कार्यक्रममा नेपाली कांग्रेस दाङ जिल्ला सदस्य वीरबहादुर केसी (बिरु), राजकुमार धिताल, नेपाल विद्यार्थी संघ लुम्बिनी प्रदेशका अध्यक्ष कुलराज पोख्रेललगायत नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले “Justice for Garima Chaudhary” भन्दै गरिमा चौधरीका लागि न्यायको माग गरेका थिए।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

