• ६ भाद्र २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रतिष्ठानका विशेषज्ञ चिकित्सकको सामूहिक प्रयासपछि बिरामीको जीवन बचाउन सफल 




दाङ ।वैदेशिक रोजगारीका लागि रोल्पाबाट काठमाडौं जाने क्रममा तिलाको गरगरेमा बस दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका रोल्पा त्रिवेणी गाउँपालिका राम्री निबासी २१ बर्षिय अमरकुमार झाँक्रीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सफल उपचार भएको छ ।दुर्घटनाका कारण उहाँको कानमुनिको अनुहारको भाग च्यातिनुका साथै लाछिएको थियो। दुर्घटनामा परी अर्धचेत अवस्थामा रहनुभएका अमरको टाउको, अनुहार, घाँटी र कानमा गहिरो चोट लागेको थियो ।

उहाँको जटिल अवस्थालाई ध्यानमा राख्दै प्रतिष्ठानका न्युरोसर्जन डा. उपमा शर्मा, मुख तथा अनुहार शल्य चिकित्सक डा.निरोज खनाल, नाक, कान तथा घाँटी विशेषज्ञ डा. सरोज आचार्य र दन्त रोग विशेषज्ञ डा.करिष्मा भण्डारीसहितको विशेषज्ञ चिकित्सक टोलीले उपचार सुरु गर्नु भएको थियो । दुर्घटनामा परी झाँक्रीको टाउकोमा रगत जमेको थियो भने अनुहारको बायाँ भागमा गम्भीर चोट लाग्नुका साथै धुलो तथा मासुको भागसमेत बाहिर निस्किएको अवस्था थियो।

पहिलो चरणको शल्यक्रियामा टाउकोमा जमेको रगत निकाल्नुका साथै अनुहारको च्यातिएको भागलाई मिलाउने प्रयास गरिएको थियो। उक्त शल्यक्रिया करिब ६ घण्टा लामो भएको थियो।

दोस्रो चरणमा क्षतिग्रस्त अनुहारको पुनर्निर्माणका लागि सर्भिकोफेसियल फ्ल्याप (Cervicofacial Flap) प्रविधिबाट फेसियल रेस्टोरेसन सर्जरी करिब ९ घण्टा लामो गरिएको थियो। यस शल्यक्रियामार्फत दुर्घटनाका कारण क्षतिग्रस्त भएको अनुहारको भागलाई पुनः संरचना गरी सामान्य स्वरूपमा ल्याउने प्रयास गरिएको हो।

प्रतिष्ठानमा शल्यक्रिया भएपछि उहाँको जीवन बच्न सफल भयो भने क्षतविक्षत भएको अनुहार समेत बिग्रनबाट जोगिएको छ । सफल उपचारपछि नयाँ जीवन पाउनुभएका अमरले आफ्नो ज्यान जोगाइदिएकोमा चिकित्सक टोलीप्रति विशेष धन्यवाद व्यक्त गर्नुभएको छ ।

Facebook Comments