• ३ भाद्र २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
फोटोग्राफी दिवसमा दाङ फोटोग्राफर एसोसिएसनद्वारा नीलसागर आश्रममा सहयोग




दाङ । १८७औँ विश्व फोटोग्राफी दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले सामाजिक उत्तरदायित्वअन्तर्गत राप्ती गाउँपालिका–८, मिलनडाँडास्थित नीलसागर आश्रममा सहयोग गरेको छ।

फोटोग्राफी दिवसलाई केवल उत्सवका रूपमा मात्र नभई सामाजिक सेवासँग जोड्दै एसोसिएसनले आश्रममा रहेका व्यक्तिहरूका लागि कपडा तथा सरसफाइ सामग्री सहयोग गरेको हो।

एसोसिएसनका अध्यक्ष लक्षमण न्यौपानेले फोटोग्राफरहरू समाजको अभिन्न अंग भएकाले सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै आश्रममा सहयोग गरिएको बताउनुभयो।

उहाँले फोटोग्राफी पेशा र सिर्जनशीलतासँगै मानवीय सेवा र सामाजिक जिम्मेवारीलाई जोड्ने उद्देश्यले सहयोग कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

सहयोग कार्यक्रममा नेपाल फोटोग्राफर महासंघका उपाध्यक्ष वसन्त जोशी, सचिव गणेश दंगाल, सदस्य नारायण खनाल, लुम्बिनी प्रदेशका उपाध्यक्ष दुर्गाप्रसाद चौधरी लगायत जिल्ला पदाधिकारी तथा फोटोग्राफरहरूको सहभागिता रहेको थियो।

विश्व फोटोग्राफी दिवसको अवसरमा गरिएको यस कार्यक्रमले फोटोग्राफरहरू केवल तस्बिर खिच्ने पेशाकर्मी मात्र नभई समाजप्रति जिम्मेवार र मानवीय संवेदनासँग जोडिएका नागरिक पनि हुन् भन्ने सन्देश दिएको छ।

फोटोग्राफीको माध्यमबाट समाजका कथा र वास्तविकता उजागर गर्दै आएका फोटोग्राफरहरूले यसपटक भने आफ्नो दिवसलाई सेवा र सहयोगको कर्मसँग जोडेर मनाएका छन्।

Facebook Comments