घोराही । राष्ट्रिय जनमोर्चा दाङ–देउखुरीले जिल्लामा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव तथा रासायनिक मलको समस्याप्रति जिल्ला प्रशासन कार्यालयको गम्भीर ध्यानाकर्षण गराएको छ । पार्टीले आज सोमबार दिउँसो सिडियो कार्यालयमा पत्र बुझाउँदै ग्यास र मलको अभावप्रति ध्यानाकर्षण गराएको हो ।
जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय दाङमा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाइएको थियो ।
अध्यक्ष आचार्यले प्रमुख जिल्ला अधिकारीसमक्ष बुझाएको पत्रमा ग्यास अभावका कारण सर्वसाधारणले समस्या भोगिरहेको र बाहिरबाट घरभाडामा बसेका विद्यार्थी, कर्मचारी तथा मजदुरलाई लाइनमा समेत अलग व्यवहार गरी अल्पपरिमाणमा ग्यास वितरण गरिएको गुनासो गरिएको छ । पार्टीले वितरणमा भएको विभेद अन्त्य गरी सबै नागरिकलाई सहज र समान रूपमा ग्यास उपलब्ध गराउन माग गरिएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
त्यसैगरी, धान रोपाइँ सके पनि किसानले समयमै रासायनिक मल पाउन नसकेको भन्दै तत्काल मलको व्यवस्था गर्न माग गरिएको छ । समयमै मल उपलब्ध नभए धान उत्पादनमा असर पर्ने भएकाले किसानको समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्न जनमोर्चाले आग्रह गरेको छ ।
राष्ट्रिय जनमोर्चा दाङले जारी गरेको गम्भीर ध्यानाकर्षण पत्र यसप्रकार रहेको छ :


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

