• १ भाद्र २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङका विभिन्न स्थानमा छायांकन गरिएको नयाँ तीज गीत ‘भदौरे खोला’ सार्वजनिक ( भिडियो सहित)




दाङ । ताजा इन्टरटेनमेन्टको प्रस्तुतिमा नयाँ तीज गीत ‘भदौरे खोला’ सार्वजनिक भएको छ। गीत ताजा इन्टरटेनमेन्टको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतमा शरद पाण्डेय र रमेश दर्नालको शब्द रहेको छ भने आर.के. लामाले संगीत दिएका छन्। गीतमा चर्चित गायिका रचना रिमालको स्वर रहेको छ।

गीतको भिडियो दाङका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ। भिडियोमा स्थानीय परिवेश, कला र संस्कृतिलाई समेत समेट्ने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ।

गीतको भिडियोको निर्देशन तथा कथा शरद पाण्डेयले गरेका छन्। रामप्रसाद भुसालले क्यामेरा, सम्पादन, कलर ग्रेडिङ तथा ड्रोनको जिम्मेवारी सम्हालेका छन्। प्रकाश तथा ध्वनितर्फ रोशन पौडेल र रोमहर्ष सुवेदीले काम गरेका छन्।

भिडियोमा शरद पाण्डेय, विमला थापा मगर, रोशन पौडेल, सिर्जना मगर र रोमहर्ष सुवेदीको अभिनय रहेको छ।

मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा सुमन राना र खुमन रानाले रेकर्डिस्टका रूपमा काम गरेका छन्।

मौलिक तीजको स्वादसँगै दाङका विभिन्न स्थानको सुन्दरतालाई प्रस्तुत गरिएको ‘भदौरे खोला’ नयाँ तीज गीतका रूपमा दर्शक तथा स्रोतामाझ आएको हो।

 

Facebook Comments