• १ भाद्र २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जसपाले फिर्ता लियो लुम्बिनी सरकारलाई दिएको समर्थन




जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

सोमबार जसपाका महासचिव डा. सुरेन्द्रकुमार झाले प्रदेश संसदीय दलका नेतालाई पत्र पठाएर समर्थन फिर्ता लिएको जनाएका छन्। लुम्बिनीमा सन्तोषकुमार पाण्डेय जसपा संसदीय दलका नेता रहेका छन्।

नेकपा (एमाले)बाट लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई जसपाले समर्थन गरेको थियो। सोमबारबाटै समर्थन फिर्ता लिएको जसपा महासचिव झाले जनाएका छन्।

यससँगै मुख्यमन्त्री आचार्यले विश्वासको मत पनि नदिने भएको छ। आज मुख्यमन्त्री आचार्यले प्रदेशबाट विश्वासको मत लिँदै छन्।

जसपाले पठाएको पत्रमा मुख्यमन्त्री आचार्यको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न प्रदेश सभा सदस्यलाई निर्देशन दिएको छ।

Facebook Comments