• २९ श्रावण २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अम्बिकेश्वरी ग्रीन पार्कमा भोलि तीज विशेष सांस्कृतिक कार्यक्रम




दाङ । दाङको घोराही उपमहानगरपालिका–१८ अम्बापुरस्थित अम्बिकेश्वरी ग्रीन पार्कमा भोलि शनिबार तीज विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ।

पार्कका सञ्चालक विकास बुढाथोकीका अनुसार भोलि बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म तीज विशेष सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछ। कार्यक्रममा दाङका चर्चित कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ भने सहभागीका लागि विशेष उपहारको समेत व्यवस्था गरिएको छ।

पछिल्लो समय अम्बिकेश्वरी ग्रीन पार्क आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ। पार्कमा रहेका पोखरी, कृत्रिम झरना लगायतका आकर्षक संरचनाले आगन्तुकलाई लोभ्याउने गरेको छ। विशेषगरी पछिल्ला दिनमा पार्क सामाजिक सञ्जालमा समेत चर्चामा आउन थालेपछि यहाँ घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको बताइएको छ।

तीजको अवसरमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रमले मनोरञ्जनसँगै स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

Facebook Comments