घोराही । स्वदेशी उत्पादनको प्रयोगलाई बढाउन घोराही बजारका विभिन्न ठाउँमा दैनिकी पेशा, ज्याला, मजदुरी र श्रम गरिरहेका व्यक्तिहरूलाई चप्पल उपहार प्रदान गरिएको छ ।
घोराही बनाऔं अभियान र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा आज मंगलबार प्रोत्साहन कार्यक्रम अन्तर्गत श्रमको उच्च सम्मान गर्दै स्वदेशी उत्पादनको प्रचारप्रसार र प्रयोगलाई बढाउने उद्देश्यसहित घोराहीका विभिन्न ठाउँमा पेशा तथा श्रम गर्ने व्यक्तिहरुलाई चप्पल उपहार प्रदान गरिएको हो ।
घोराही उपमहानगरपालिका- १४ र १५ नम्बर वडास्थित तुलसीपुर चोक, दीपशिखा रोड, बालन्दिर चोक, लखन पार्क लगायतका स्थानमा दैनिकी रुपमा श्रम गर्ने, अटो चालाउने, तरकारी तथा फलफूल लगायत व्यवसायमा आवद्ध महिला तथा पुरुषहरुलाई चप्पल उपहार हस्तान्तरण गरिएको थियो । एक्कसी उपहार प्राप्त गर्दा पेशा तथा श्रममा जोडिएका व्यक्तिहरु खुशी हुँदै धन्यवाद प्रकट गरेका थिए ।
घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासन र नेपाली जुत्ता घरका संस्थापक सञ्चालक त्रिलोचन खनाल र सञ्चालक अध्यक्ष दामोदर न्यौपाने संयुक्त रुपमा श्रमको सम्मान गर्दै विभिन्न पेशा तथा श्रम गर्ने २५ जना बढी व्यक्तिलाई प्रोत्साहन स्वरुप चप्पल उपहार हस्तान्तरण गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

