दाङ । गायिका सुशीला थापाको प्रस्तुति तथा स्वरमा रहेको मौलिक टिपिकल तीज गीत ‘रुम्ला बरिलै’ सार्वजनिक भएको छ। नेपाली मौलिक संस्कृति, परम्परा, नृत्य तथा मनोरञ्जनसँगै चेलीका कथा–व्यथा र भावनालाई समेटिएको गीतमा विष्णु सुनार, सिता खड्का र विमला रानाको समेत स्वर रहेको छ।
तीज पर्वको मौलिकता र चेलीहरूले भोग्ने सुख–दुःख, माइतीको सम्झना तथा मनका भावनालाई गीतमार्फत प्रस्तुत गरिएको छ। सुशीला थापाकै शब्द तथा संगीत रहेको गीतमा खेमराज गौतमले एरेन्जमेन्ट गरेका छन् भने कुमार रानाले मिक्सिङ तथा मास्टरिङ गरेका छन्। गीतको स्टुडियो कार्य मरुनी डिजिटलमा गरिएको निर्माण पक्षले जनाएको छ।
गीतको म्युजिक भिडियोमा सिर्जना सुनार, चेतना सुनार, गंगा बोहोरा र रूपा अधिकारीलगायत कलाकारको अभिनय रहेको छ। भिडियोको निर्देशन तथा कोरियोग्राफी तिलक ठाकुरी चित्तीले गरेका छन्।
प्रकाश खड्का तथा उनको टिमले भिडियोको छायांकन गरेको हो। भिडियोको सम्पादन, कलर तथा पोस्टरको काम राजकुमार मगरले गरेका छन्। दृष्टि म्युजिकबाट सम्पादन तथा प्राविधिक काम गरिएको भिडियोको पोस्ट प्रोडक्सन राजकुमार फिल्म्सले गरेको जनाइएको छ।
मौलिक तीज संस्कृति, चेलीका कथा–व्यथा र नेपाली समाजका भावनालाई प्राथमिकतामा राखेर तयार गरिएको ‘रुम्ला बरिलै’ गीत तथा भिडियोले दर्शक–श्रोताको मन जित्ने विश्वास निर्माण पक्षले लिएको छ।
गीत गायिका सुशीला थापाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

