दाङ । साहित्यकार सुशील गौतमको ८१ बर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिरामी भएर उपचाररत साहित्यकार गौतमको घोराही उपमहानगरपालिका–१५ काठेकोहलस्थीत आफ्नै निवासमा आइतवार निधन भएको हो ।

साहित्यकार गौतमका नेपाली, अग्रेजी र उर्दु भाषामा १४ वटा गीत, गजल, कविता र मुत्तकका पुस्तकसँगै विभिन्न फुटकर रचनाहरु प्रकाशित रहेका छन् । साहित्यकार गौतम २००२ साल असोज १२ गते स्वर्गीय टेकनाथ गौतम र आमा मुन्नादेवी गौतमको सन्तानका रुपमा घोराही उपमहानगरपालिका–१२ हापुरमा जन्मिएका थिए । गौतमका श्रीमतिसहित तीन छोरा र एक छोरी रहेका छन् ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।

