दाङ । नेपाल विद्यार्थी संघ बंगलाचुली गाउँपालिका कार्यसमिति दाङले बंगलाचुली गाउँपालिका–२ मा पर्ने पर्यटकीय स्थल मर्पेश डाँडामा सरसफाइ गरेको छ।
दाङ जिल्लाको आन्तरिक पर्यटनको गन्तव्यका रूपमा विकास हुँदै गएको मर्पेश डाँडामा दैनिक सयौँ पर्यटक पुग्ने गरेका छन्। पर्यटकको चापसँगै फोहोर बढ्दै गएपछि प्राकृतिक स्थल दुर्गन्धित हुन थालेकाले सरसफाइ कार्यक्रम आयोजना गरिएको नेपाल विद्यार्थी संघ बंगलाचुली गाउँपालिका अध्यक्ष जीवन अधिकारीले जानकारी दिनुभयो।
संघका अध्यक्ष जीवन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका उपसभापति इन्द्रमणि वलीको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका सचिव बलदेव मल्ल, बंगलाचुली गाउँपालिका–२ का मैते पुन, नेपाल विद्यार्थी संघ दाङका कार्यवाहक अध्यक्ष गुरु गौतमलगायतको उपस्थिति रहेको थियो।
सरसफाइ कार्यक्रममा सहभागीहरूले पर्यटकीय स्थलको प्राकृतिक सौन्दर्य कायम राख्न पर्यटक तथा स्थानीयवासीलाई फोहोर व्यवस्थापनमा सचेत हुन आग्रह गरेका छन्।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

