• २१ श्रावण २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्ती आधारभूत अस्पतालमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने




तुलबहादुर कवँर मगर
सिसहनियाँ। दाङको राप्ती गाउँपालिका–५ कालापानीस्थित राप्ती आधारभूत अस्पतालमा शुक्रबार (साउन २२ गते) विभिन्न रोगका विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।

राप्ती गाउँपालिकाको आयोजना, लायन्स क्लब अफ राप्ती क्यापिटलको समन्वय तथा ओसीसार स्वास्थ्य परामर्श बुटवलको प्राविधिक सहयोगमा सञ्चालन हुने शिविरमा हाडजोर्नी तथा नशा रोग, जनरल सर्जरी, युरोलोजी, रेडियोलोजी तथा एनेस्थेसिया सेवासम्बन्धी विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरिने अस्पतालले जनाएको छ।

राप्ती गाउँपालिका अध्यक्ष तथा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश विष्टले विशेषज्ञ स्वास्थ्य सेवा गाउँमै उपलब्ध गराएर नागरिकको उपचारमा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो।

उहाँले विशेषगरी हाडजोर्नी तथा नशासम्बन्धी समस्या, मिर्गौला तथा पिसाबसम्बन्धी समस्या भएका बिरामीलाई अवसरको सदुपयोग गर्दै शिविरमा उपस्थित भई विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श लिन आग्रह गर्नुभएकाे छ।

शिविरमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. राजकृष्ण श्रेष्ठ, जनरल सर्जन डा. नवीन श्रेष्ठ, युरोसर्जन डा. सगुन थापा, रेडियोलोजिस्ट डा. तृष्णा श्रेष्ठ तथा एनेस्थेसियोलोजिस्ट डा. बिमेश शाक्य सहभागी हुने अस्पतालले जनाएको छ।

अस्पतालले सम्बन्धित स्वास्थ्य समस्या भएका सबै बिरामीलाई समयमै स्वास्थ्य परीक्षण गराई निःशुल्क विशेषज्ञ सेवाको लाभ लिन आग्रह गरेको छ।

Facebook Comments