• १८ श्रावण २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
शिक्षकको क्षमता विकासमा गुरुकुल एकेडेमीको जोड, लमही र घोराही शाखामा प्रशिक्षण कार्यक्रम सम्पन्न




घोराही । गुणस्तरीय शिक्षाको आधार सक्षम शिक्षक भन्ने मान्यतालाई आत्मसात् गर्दै गुरुकुल एकेडेमीले आफ्ना शिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिएको छ। यसैक्रममा गुरुकुल एकेडेमी लमही र घोराही शाखामा छुट्टाछुट्टै शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएका छन्।
गुरुकुल एकेडेमी लमहीले शिक्षकहरूको क्षमता अभिवृद्धि, प्रभावकारी कक्षाकोठा व्यवस्थापन तथा निरन्तर विद्यार्थी मूल्याङ्कन विषयक एकदिने प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरेको छ।

कार्यक्रममा लमही नगरपालिका शिक्षा विकास महाशाखाका प्रमुख तथा वरिष्ठ शिक्षा अधिकृत केशव लम्साल ले प्रशिक्षकका रूपमा सहजीकरण गर्दै आधुनिक शिक्षण विधि, प्रभावकारी कक्षा व्यवस्थापन, विद्यार्थीको निरन्तर मूल्याङ्कन प्रणाली तथा सिकाइ उपलब्धि अभिवृद्धिका विविध पक्षबारे प्रशिक्षण दिनुभएको थियो। विद्यालयका प्रधानाध्यापक विवेक देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी शिक्षकहरूले प्रशिक्षणबाट प्राप्त ज्ञान र सीपलाई दैनिक शिक्षण अभ्यासमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

यता, गुरुकुल एकेडेमी घोराहीले पनि कक्षा ११ र १२ मा अध्यापन गर्ने शिक्षकहरूका लागि विशेष प्रशिक्षण कार्यशाला सम्पन्न गरेको छ। कार्यशालामा विद्यालयका प्रधानाध्यापक प्रदीप राजभण्डारी ले प्रशिक्षकका रूपमा सहजीकरण गर्दै विषयवस्तु केन्द्रित शिक्षण, विद्यार्थी सहभागिता वृद्धि, प्रभावकारी प्रस्तुतीकरण तथा उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्ने रणनीतिबारे प्रशिक्षण दिनुभएको थियो।

विद्यालयका अनुसार यस्ता प्रशिक्षण कार्यक्रमले शिक्षकहरूको पेशागत दक्षता अभिवृद्धि गर्नुका साथै शिक्षण–सिकाइ प्रक्रियालाई अझ प्रभावकारी, प्रविधिमैत्री र विद्यार्थीकेन्द्रित बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ। गुरुकुल एकेडेमीले भविष्यमा पनि शिक्षकहरूको निरन्तर व्यावसायिक विकासलाई प्राथमिकतामा राख्दै यस्ता प्रशिक्षण, कार्यशाला तथा क्षमता विकास कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्ने जनाएको छ।

Facebook Comments