ओमप्रकाश गुप्ता
भालुवाङ १७ साउन । दाङको राप्ती गाउँपालिका–४ गोपीनाला नजिक आइतबार दिउँसो भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालक सहित ४ जना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार दिउँसो करिब १:१० बजे भारतको सिद्धार्थनगरबाट दाङको घोराहीतर्फ आउँदै गरेको युपि ४४ एस ८१२४ नम्बरको कार आफैं अनियन्त्रित भई सडकबाट करिब ५ फिट तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा परि कार चालक भारतको सिद्धार्थनगर नगरपालिका–६ निवासी २५ वर्षीय रवि महमद, चालककी ३४ वर्षीया श्रीमती फराह सेख, ६ वर्षीया छोरी रिफा सेख र सोही ठाउँकै ३२ वर्षीय सनि कुमार घाइते भएका छन् । घाइतेहरूको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । घाइते ४ जनाको उपचारका राप्ती आधारभूत अस्पताल सिसहनियामा भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

