• १६ श्रावण २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सर्वोदय बाल क्लबमा नयाँ कार्यसमिति चयन




घोराही । सर्वोदय बाल क्लब घोराहीको १२औँ साधारण सभा तथा सातौँ अधिवेशन शनिबार सम्पन्न भएको छ।

क्लबका कार्यवाहक अध्यक्ष अंशु सेढाइको अध्यक्षता तथा घोराही उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखाकी प्रमुख प्रतला देवकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनको विशेष आतिथ्यता रहेको थियो।

सो अवसरमा प्रमुख अतिथि देवकोटा, विशेष अतिथि प्रियासनका साथै बयलडाँडा चौतारी क्लबका अध्यक्ष नारायण भुसाल, टोल विकास संस्थाकी अध्यक्ष चित्रकला आचार्य, घोराही–१४ का पूर्व वडाध्यक्ष शक्तिराम डाँगी, लेखकहरु सूर्य वि.सी., प्रमोद धिताल, गोविन्द खड्का, रचना सुवेदी तथा क्लबका सल्लाहकार नवीन श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

अधिवेशनले क्लबका गतिविधिको समीक्षा गर्दै विभिन्न विषयमा छलफल गरेको थियो। साथै, अभिभावकहरूको सल्लाह र सहमतिका आधारमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन गर्ने निर्णय गरेको थियो।

अधिवेशनबाट अंशु सेढाइ अध्यक्ष, दिपा श्रेष्ठ उपाध्यक्ष, सौम्या आचार्य सचिव, माइकल श्रेष्ठ कोषाध्यक्ष तथा जेनिस आचार्य सह-सचिवमा सर्वसम्मत रूपमा चयन हुनुभएको छ।

त्यसैगरी, कार्यसमिति सदस्यहरूमा अविज्ञा के.सी., उन्नति के.सी., धार्मी राणा, प्रजिता पोखरेल, संयोग श्रेष्ठ, संस्कार आचार्य, सिखा पोखरेल र सुलभ के.सी. सर्वसम्मत रूपमा चयन हुनुभएको छ।

कार्यक्रमको सञ्चालन सौम्या आचार्यले गर्नुभएको थियो भने अदिती के.सी.ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। नवगठित कार्यसमितिलाई अतिथिहरूले सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बालबालिकाको नेतृत्व विकास, सिर्जनशीलता र सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको थियो।

Facebook Comments