काठमाडौं : प्रधानमन्त्री बालेन शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल सुरू गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सुनसरीलगायत मधेशका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलमा डा. सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउत लगायतका नेताहरू सहभागी छन्।
प्रधानमन्त्री शाहले बिहीबार पछिल्लो समय मधेशमा विकसित घटनाबारे देशबासीका नाममा सम्बोधन गरेका थिए। लगत्तै प्रधानमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय यादवसँग छलफल गरेका थिए।
बिहीबार रास्वपा सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशका सांसदहरूलाई आ-आफ्नो जिल्ला र क्षेत्र गएर सामाजिक सद्भावका काममा जुट्न निर्देशन दिएका थिए।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

