• १३ श्रावण २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पदमुक्त भएको हल्ला भ्रामक, मेरो पद गएको छैन : वडा अध्यक्ष घिमिरे




दाङ । घोराही उपमहानगरपालिका–४ का वडा अध्यक्ष मधुसुदन शर्मा (मुनाल) घिमिरेले आफू पदमुक्त भएको भन्दै केही सञ्चारमाध्यम र अनलाइन पोर्टलमा प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन्।

 

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको ध्यानाकर्षण वक्तव्यमा वडा अध्यक्ष घिमिरेले सम्मानित सर्वोच्च अदालतको असार १९ गतेको अन्तरिम आदेशअनुसार आफू पुनः जिम्मेवारीमा फर्किसकेको उल्लेख गरेका छन्।

 

उनले हाल सार्वजनिक भइरहेको फैसला भनिएको आदेश आफ्नो मुद्दासँग सम्बन्धित नभई लगाउमा रहेका अन्य मुद्दासँग सम्बन्धित रहेको दाबी गरेका छन्। यथार्थ नबुझी केही सञ्चारमाध्यमले गलत समाचार प्रकाशन गरेको तथा केहीले पुराना तस्बिर प्रयोग गरी भ्रम फैलाएको उनको भनाइ छ।

 

घिमिरेले आफू हाल पनि कानुनी रूपमा वडा अध्यक्षको जिम्मेवारीमा कार्यरत रहेको र आफ्नो मुद्दाको अन्तिम निर्णय अझै बाँकी रहेको स्पष्ट पारेका छन्। उनले कुनै पनि हल्ला वा भ्रमपूर्ण प्रचारमा विश्वास नगर्न आम नागरिकलाई आग्रह गरेका छन्।

 

साथै, आफू जनताको मतबाट निर्वाचित प्रतिनिधि भएको उल्लेख गर्दै अन्तिम निर्णय नआउँदासम्म जनताको सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

Facebook Comments