• १२ श्रावण २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लुम्बिनी सरकारबाट कांग्रेसका पाँच मन्त्रीको सामूहिक राजीनामा




देउखुरी । केन्द्रमा विकसित नयाँ राजनीतिक समीकरणको प्रभाव लुम्बिनी प्रदेश सरकारमा पनि परेको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेपाली कांग्रेस सरकारबाट बाहिरिएको छ। यससँगै कांग्रेसका पाँच मन्त्रीले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाउँदै कांग्रेसका मन्त्रीहरूको सामूहिक राजीनामा पनि पेश गरेकी हुन्।

राजीनामा दिने मन्त्रीहरूमा सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना तथा वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार रहेका छन्।

केन्द्रीय राजनीतिमा सत्ता समीकरण परिवर्तन भएसँगै लुम्बिनी प्रदेश सरकारमा सहभागी कांग्रेसले सरकारबाट बाहिरिने निर्णय गरेको हो। सोही निर्णयअनुसार कांग्रेसका मन्त्रीहरूले सामूहिक रूपमा पद त्याग गरेका हुन्।

कांग्रेस सरकारबाट बाहिरिएसँगै अब लुम्बिनी प्रदेशमा नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संयुक्त सरकार गठनको तयारी अघि बढेको छ। नयाँ मन्त्रीहरूको नियुक्ति, मन्त्रालयको बाँडफाँट तथा सरकार गठनका विषयमा दुवै दलका शीर्ष नेताबीच छलफल भइरहेको बताइएको छ।

Facebook Comments