• १२ श्रावण २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
वडा अध्यक्ष शाहको व्यंग्य: “क्षेत्र नं. २ का सांसदलाई दाङ जाने बाटो सिकाइदिनु होला”




दाङ । घोराही उपमहानगरपालिका–८ का वडा अध्यक्ष जितेन्द्र शाहले दाङ निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य कमल सुवेदीको प्रशंसा गर्दै क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य बिपिन कुमार आचार्यप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन्। उनले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको स्टाटस यतिबेला सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

वडा अध्यक्ष शाहले सांसद कमल सुवेदी समय–समयमा आफ्नो निर्वाचन क्षेत्रमा पुगेर जनतासँग भेटघाट गर्ने, स्थानीय समस्या सुन्ने र छलफल गर्ने गरेको भन्दै उनको प्रशंसा गरेका छन्। त्यससँगै उनले क्षेत्र नं. २ का सांसद बिपिन कुमार आचार्यलाई लक्षित गर्दै व्यंग्यात्मक शैलीमा टिप्पणी गरेका छन्।

शाहले फेसबुकमा लेखेका छन्,

“क्षेत्र नं. ३ का माननीय कमल सुवेदीज्यूलाई मेरो तर्फबाट धेरै–धेरै धन्यवाद। समय–समयमा आफ्नो क्षेत्रमा आउनु हुन्छ, जनतासँग छलफल गर्नु हुन्छ। तपाईंभन्दा माथिका मन्त्रीज्यूहरूले तपाईँको क्षेत्रमा के–कति बजेट दिन्छन्, त्यो थाहा भएन। तर तपाईँको कोसिस चाहिँ राम्रो छ। हाम्रो क्षेत्र नं. २ का सांसदलाई कहीँकतै भेट्नुभयो भने दाङ जाने बाटो सिकाइदिनु होला माननीयज्यू।”

वडा अध्यक्ष शाहको उक्त अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएका छन्। केहीले जनप्रतिनिधि नियमित रूपमा आफ्नो निर्वाचन क्षेत्रमा पुगेर नागरिकका गुनासा सुन्नुपर्ने धारणा व्यक्त गरेका छन् भने अन्यले यसलाई राजनीतिक व्यंग्यका रूपमा टिप्पणी गरेका छन्।

Facebook Comments