• १२ श्रावण २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दंगाली बालकलाकार युनिश घिमिरेको अभिनय रहेको नयाँ तीज गीत ‘रुमाल चिनो दिम भने मैलेला’ सार्वजनिक




दाङ । दाङका बालकलाकार युनिश घिमिरेको अभिनय रहेको नयाँ तीज गीत ‘रुमाल चिनो दिम भने मैलेला’ सार्वजनिक भएको छ।

गायक सन्दीप सेन्चुरीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा सन्दीप सेन्चुरी र अश्मिता सानुको स्वर रहेको छ। गीतका शब्द सन्दीप सेन्चुरी र उदयराज परियारले लेखेका हुन् भने थेगो तथा संगीत सन्दीप सेन्चुरीकै रहेको छ। संगीत संयोजन खेमराज गौतमले गरेका छन्।

 

गीतको म्युजिक भिडियोमा दंगाली बालकलाकार युनिश घिमिरेसँगै अगम परियार, वर्षा नेपाली र शिखा पोखरेलको अभिनय रहेको छ। भिडियोको कथा तथा निर्देशन पनि सन्दीप सेन्चुरीले गरेका हुन् भने छायांकन अर्जुन रोका मगर एन्ड टिमले गरेको हो।

 

दाङका विभिन्न स्थानमा छायांकन गरिएको उक्त भिडियोको सम्पादन तथा कलरिङ अविषेक मल्लले गरेका छन् भने कोरियोग्राफी मनोज घर्ती मगरको रहेको छ। नयाँ तीज गीत सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।

Facebook Comments