दाङ । यस वर्षको तीज विशेष गीत ‘दिम कि नदिम’ सामाजिक सञ्जाल टिकटकमा केही दिनदेखि ट्रेडिङ नम्बर–१ मा रहँदै व्यापक चर्चा बटुल्न सफल भएको छ। सार्वजनिक भएको छोटो समयमै गीतका अडियोमा हजारौँ भिडियो निर्माण भएपछि यो गीत टिकटक प्रयोगकर्तामाझ अत्यधिक लोकप्रिय बनेको हो।
लोकदोहोरी गायिका भुमिका गिरि र गायक ऋषि खड्काको स्वर रहेको गीतले तीजको मौलिकता, संस्कृति र रमाइलोपनलाई आधुनिक प्रस्तुतिसँग सुन्दर रूपमा संयोजन गरेको छ। परम्परागत तीजको स्वादलाई कायम राख्दै अहिलेको डिजिटल पुस्ताको रुचिअनुसार तयार गरिएको गीतका शब्द, लय र आकर्षक धुनले सामाजिक सञ्जालमा व्यापक प्रशंसा पाइरहेको छ।
भुमिका गिरिको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा ऋषि खड्काकै शब्द तथा संगीत रहेको छ। भिडियोमा जुना विश्वकर्मा र डोना थापा मगरको आकर्षक अभिनय, प्रशान्त मगरको सशक्त कोरियोग्राफी तथा विनोद भण्डारीको निर्देशनले गीतलाई थप प्रभावशाली बनाएको छ।
तीज नजिकिँदै जाँदा ‘दिम कि नदिम’ ले टिकटकसहित अन्य सामाजिक सञ्जालमा पनि उल्लेखनीय लोकप्रियता हासिल गरिरहेको छ। मौलिक लोकलय र आधुनिक प्रस्तुतिको सफल संयोजनका कारण यो गीत यस वर्षका चर्चित तीज गीतहरूमध्ये अग्रस्थानमा उभिन सफल भएको छ।
भिडियो

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

