• २४ श्रावण २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रतिष्ठानमा गुनासो सुन्न सुरु




घोराही । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले सुशासन र पारदर्शितालाई ध्यानमा दिँदै गुनासो सुनुवाईको काम सुरु गरेको छ ।

अस्पतालको सेवालाई चुस्त, दुरुस्त र बिरामी मैत्री बनाउन प्रतिष्ठानले बिभिन्न स्थानमा राखेका सुझाब पेटिकामा सेवाग्राहीले राखेका गुनासोलाई समाधान गर्ने गरि काम अघि बढेको प्रतिष्ठानका अस्पताल निर्देशक तथा सह प्राध्यापक डा.सुरेश रसाइलीले जानकारी दिनुभयो ।

`सेवाग्राहीको गुनासोलाई सम्भब भएसम्म समाधान गर्ने गरि हामीले यसतर्फ कदम चालेका छौ, सुझाब पेटिका, फोन, म्यासेजमार्फत सेवाग्राहीले दिएका गुनासाहरुलाई हामीले समाधानको प्रयास गरेका छौं- अस्पताल निर्देशक रसाइलीले भन्नुभयो ।

प्रतिष्ठानले हालै मात्रै शाखा अधिकृत शालीकराम कालाथोकिलाई गुनासो सुन्ने अधिकारी तोकेर सेवाग्राहीका गुनासालाई सुन्ने काम सुरु गरेको हो ।

Facebook Comments