बंगलाचुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बंगलाचुली गाउँपालिकाले संगठनलाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित विभिन्न विभागको समिति विस्तार गरेको छ।
मंगलबार पालिका सभापति विक्रमकुमार डाँगीको सभापतित्वमा बसेको कार्यसमिति बैठकले पालिकास्तरीय विभाग गठन गर्दै सम्बन्धित पदाधिकारीलाई जिम्मेवारी प्रदान गरेको हो।
बैठकबाट र्यापिड एक्सन टिम (RAT) को प्रमुखमा नबिन जी.सी., उपप्रमुखमा शेरबहादुर पुन, सचिवमा भोजराज जी.सी. तथा सदस्यमा जागेश्वर सार्की चयन भएका छन्।
त्यसैगरी प्रचार–प्रसार विभाग प्रमुखमा रुक्माङ्कत वली, उपप्रमुखमा सुरेश विश्वकर्मा, सचिवमा गिरीराज डाँगी तथा सदस्यमा भीमबहादुर कवर र विप्लव खत्री चयन भएका छन्।
प्रवास सम्पर्क विभाग प्रमुखमा चेतन खनाल, उपप्रमुखमा होताराम बिष्ट, सचिवमा रोशन चर्ती मगर तथा सदस्यमा प्रेम भण्डारी चयन भएका छन्।
यस्तै कृषि तथा सहकारी विभाग प्रमुखमा डम्बर खत्री, सचिवमा रेवन्त घर्ती तथा सदस्यमा बसन्त डाँगी (ठूलो) चयन भएका छन्।
त्यसैगरी स्वदेश सम्पर्क विभाग प्रमुखमा तिलक जी.सी. र उपप्रमुखमा भेषराज खनाल चयन भएका छन्।
कार्यसमिति बैठकले गठन गरिएका विभागमार्फत पार्टीका संगठनात्मक गतिविधिलाई थप सुदृढ, प्रभावकारी र जनमुखी बनाउने विश्वास व्यक्त गरेको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

