• २९ असार २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा ग्यासको कृत्रिम अभाव र कालोबजारी रोक्न क्रान्तिकारी कम्युनिस्ट पार्टीको माग




घोराही ।  क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, जिल्ला संगठन समिति दाङले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव, कालोबजारी तथा मूल्यवृद्धि नियन्त्रण गर्न सरकार र सम्बन्धित निकायसँग तत्काल प्रभावकारी कदम चाल्न माग गरेको छ।पार्टीका जिल्ला सचिव मोतीराम खड्काद्वारा जारी प्रेस विज्ञप्तिमा वर्तमान सरकारले जनताको आधारभूत आवश्यकता पूरा गर्न नसकेको आरोप लगाइएको छ। विज्ञप्तिमा सुकुम्बासी बस्तीमा डोजर चलाएर नागरिकलाई विस्थापित गरिएको, किसानले खेतीका लागि आवश्यक मल नपाएको, बजेटमार्फत जनतामाथि थप करको भार बढाइएको तथा लघुवित्त र बैंकको ऋणका कारण सर्वसाधारण समस्यामा परेको उल्लेख गरिएको छ।

त्यसैगरी, इरान–इजरायल तथा अमेरिका सम्बन्धी युद्धको कारण देखाएर बजारमा ग्यास अभाव भएको भनिए पनि सर्वसाधारणले सहज रूपमा ग्यास नपाएको पार्टीको दाबी छ। ग्यास डिलर, पसल तथा जिल्ला प्रशासन कार्यालयले बजारमा ग्यासको सहज आपूर्ति सुनिश्चित गरी जनजीवन सामान्य बनाउन आवश्यक पहल गर्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ।

विज्ञप्तिमा जिल्लाभित्र पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी तथा अनुचित मूल्यवृद्धि गरिएको पाइएमा त्यसबारे पार्टीलाई जानकारी गराउन सर्वसाधारणसँग अपिल पनि गरिएको छ। प्राप्त सूचनाका आधारमा आवश्यक जनकारबाही अघि बढाइने पार्टीले जनाएको छ।

Facebook Comments