• २९ असार २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कवि विकास बिष्टको कविता सङ्ग्रह ‘मनमल्लिका’को विमोचन




दाङ। कवि एवं गीतकार विकास बिष्टको नवीन कृति ‘मनमल्लिका’ शनिबार दाङको घोराहीमा विमोचन गरिएको छ।

पहल थिएटरको आयोजनामा सम्पन्न कार्यक्रममा भाषा आयोगका पूर्व अध्यक्ष एवं साहित्यकार डा. अमर गिरीले कृतिको विमोचन गर्नुभएको हो।

कार्यक्रमका प्रमुख अतिथि डा. गिरीले मनमल्लिका मा नेपाली जीवन, समाज र संवेदनाको जीवन्त चित्रण गरिएको उल्लेख गर्दै कृतिलाई समकालीन नेपाली साहित्यका लागि अर्थपूर्ण योगदान भएको बताउनुभयो। उहाँले नयाँ कृतिका लागि कवि एवं गीतकार बिष्टलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।

पहल थिएटरका सल्लाहकार अम्बिका बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा पतञ्जली योग लुम्बिनी प्रदेश समितिका अध्यक्ष डा. प्रेम शाह, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, लेखक तथा इतिहासकार डा. सुदीप गौतम, राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मी तथा लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपानेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा पहल थिएटरका अध्यक्ष केएल बुढाथोकीले स्वागत तथा विषय प्रवेश गराउनुभएको थियो भने ई. रिचा बुढाथोकीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

हाल अमेरिकामा रहनुभएका कवि एवं गीतकार विकास बिष्टको मनमल्लिका कविता सङ्ग्रहमा ३४ वटा कविता समावेश छन्। उक्त कृति रामगीता वाङ्मय नेपाल–अमेरिकाले प्रकाशन गरेको हो।

Facebook Comments