• २७ असार २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कीर्तिपुर होल्डिङ सेन्टरबाट जेनजी अभियन्ता माजिद अन्सारीसहित केही व्यक्ति पक्राउ, दुर्व्यवहार भएको आरोप




काठमाडौं । कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरबाट जेनजी अभियन्ता माजिद अन्सारी, सरिश्मा थापा लगायत केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरू डुबानमा परेका सुकुमबासीहरूको अवस्था बुझ्न तथा सहयोगका लागि त्यहाँ पुगेका बेला पक्राउ गरिएको बताइएको छ।

माजिद अन्सारीले आफूहरूलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा कुटपिट र लछारपछार गरेको आरोप लगाएका छन्। उनका अनुसार उक्त क्रममा उनको नाकबाट रगतसमेत आएको छ। पक्राउ परेकाहरूलाई हाल कीर्तिपुरस्थित प्रहरी बिटमा राखिएको बताइएको छ। घटनाबारे नेपाल प्रहरीले औपचारिक विस्तृत प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन।

लगातारको वर्षापछि राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित परिवारहरू कठिन अवस्थामा पुगेका छन्। कोठाभित्र पानी पसेर खाद्यान्न, लत्ताकपडा र अन्य सामग्री डुबेको तथा बालबालिका, वृद्धवृद्धा र बिरामीहरू बढी जोखिममा परेको पीडितहरूले बताएका छन्।

सरकारले नदी किनारका बस्ती हटाएर अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखेका परिवारहरूका लागि यसअघि नै राहत र पुनर्स्थापनाको योजना सार्वजनिक गरेको भए पनि, स्थायी व्यवस्थापन, खाद्य, स्वास्थ्य र सुरक्षित बसोबासको माग गर्दै उनीहरूले पटकपटक आवाज उठाउँदै आएका छन्। पछिल्ला दिनहरूमा डुबानपछि उनीहरूको अवस्था झन् जटिल बनेको छ।

सार्बजनिक भिडियोमा माजिद लाइ लछार्दै अपसब्द प्रयोग गर्दै पुलिसको भ्यानमा हाल्दै गरेको देखिन्छ।

Facebook Comments