• २६ असार २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङको गढवाबाट ४३.६३ केजी लागूऔषध गाँजा सहित एक जना पक्राउ




दाङ। दाङको गढवा गाउँपालिका बाँकी स्थित एक घरबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गढवा गाउँपालिका निवासी २८ वर्षीय शिउ कुमार यादवलाई घरमा लुकाइछिपाइ राखिएको अवस्थामा ४३.६३ केजी लागूऔषध गाँजा सहित प्रहरीले यादवलाई पक्राउ गरेकाे हो।

प्रहरीले विशेष सूचनाका आधारमा खानतलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको जनाएको छ। घटनापछि पक्राउ परेका यादवमाथि लागूऔषध सम्बन्धी कसुरमा दाङ जिल्ला अदालत घोराहीबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान सुरु गरेकाे प्रहरी प्रहरीले बताएकाे

प्रहरीले लागूऔषधको अवैध कारोबार तथा ओसारपसार नियन्त्रणका लागि निगरानी कारबाहीलाई थप प्रभावकारी बनाउँदै आएको जनाएको छ। साथै यस्ता अवैध गतिविधिबारे सूचना भए नजिकको प्रहरी कार्यालयमा जानकारी गराई सहयोग गर्न सर्वसाधारणसँग आग्रह गरेको छ।

Facebook Comments