• २६ असार २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्ती इन्जिनियरिङ कलेजमा आईटी क्लब पुनः गठन, ज्योति शर्माको नेतृत्वमा नयाँ कार्यसमिति




घोराही । राप्ती इञ्जिनियरिङ कलेजमा सूचना प्रविधि (आईटी) क्षेत्रमा विद्यार्थीहरूको नेतृत्व क्षमता, प्राविधिक दक्षता, नवप्रवर्तन तथा अनुसन्धानलाई थप सशक्त बनाउने उद्देश्यका साथ आईटी क्लब अफ राप्ती इञ्जिनियरिङ कलेज पुनः गठन गरिएको छ। कार्यक्रममा कलेजका प्रिन्सिपल रेशम गिरीले नयाँ कार्यसमितिको औपचारिक घोषणा गर्दै विद्यार्थीहरूको सीप विकास, सिर्जनशीलता र व्यवहारिक सिकाइमा आईटी क्लबले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा कलेजका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

पुनः गठित कार्यसमितिमा ज्योति शर्मा अध्यक्ष, सृजना सुबेदी उपाध्यक्ष, एलिजा थापा सचिव, एन्जेलिना डाँगी कोषाध्यक्ष, विबेक चालाउने सह–कोषाध्यक्ष, समिर थापा पिआर लिड, रिया के.सी. टेक लिड तथा धिरेश कुमार र पवित्रा गिरी कार्यक्रम इन्चार्ज चयन हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा सन्तोष घर्ती, आयुष परियार, बिमला ओली, नवराज सुबेदी, मानिषा नेपाली, कमला के.सी., आशिष कोइराला र बिबेक चौधरी चयन हुनुभएको छ। पुनःगठित कार्यसमितिको सेन्ट्रल एक्जिक्युटिभ लिडमा सन्देश आचार्य चयन हुनुभएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल गिरीले सूचना प्रविधिको क्षेत्रमा विद्यार्थीहरूको क्षमता अभिवृद्धि, अनुसन्धान, नवप्रवर्तन र व्यवहारिक सिकाइलाई प्रवर्द्धन गर्न आईटी क्लब प्रभावकारी माध्यम बन्ने बताउनुभयो। उहाँले आगामी दिनमा तालिम, सेमिनार, कार्यशाला, ह्याकाथन, प्राविधिक प्रतियोगिता तथा सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रम सञ्चालन गरी विद्यार्थीहरूलाई प्रविधिमैत्री र सिर्जनशील वातावरण प्रदान गरिने जानकारी दिनुभयो।

नवनिर्वाचित पदाधिकारीहरूले क्लबलाई अझ सक्रिय, सिर्जनशील र परिणाममुखी बनाउँदै विद्यार्थीहरूको प्राविधिक ज्ञान, नेतृत्व क्षमता र नवप्रवर्तनशील सोचको विकासमा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कलेजले आईटी क्लबको पुनः गठनसँगै विद्यार्थीहरूलाई सूचना प्रविधिको क्षेत्रमा व्यावहारिक अनुभव, अनुसन्धान तथा नवीन सोच विकास गर्ने अवसर अझ विस्तार हुने विश्वास व्यक्त गरेको छ।राप्ती इन्जिनियरिङ कलेजमा आईटी क्लब पुनःगठन, ज्योति शर्माको नेतृत्वमा नयाँ कार्यसमिति
घोराही। राप्ती इन्जिनियरिङ कलेजमा सूचना प्रविधिको क्षेत्रमा विद्यार्थीहरूको नेतृत्व क्षमता, प्राविधिक दक्षता, नवप्रवर्तन र अनुसन्धानलाई प्रवर्द्धन गर्ने उद्देश्यले आईटी क्लबको पुनःगठन गरिएको छ।
कलेजका प्रिन्सिपल रेशम गिरीले एक कार्यक्रमबीच नयाँ कार्यसमितिको औपचारिक घोषणा गर्नुभएको हो। कार्यक्रममा कलेजका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
पुनःगठित कार्यसमितिको अध्यक्षमा ज्योति शर्मा, उपाध्यक्षमा सृजना सुबेदी, सचिवमा एलिजा थापा, कोषाध्यक्षमा एन्जेलिना डाँगी, सह–कोषाध्यक्षमा विवेक चालाउने, पिआर लिडमा समिर थापा, टेक लिडमा रिया के.सी. तथा कार्यक्रम इन्चार्जमा धिरेश कुमार र पवित्रा गिरी चयन हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा सन्तोष घर्ती, आयुष परियार, बिमला ओली, नवराज सुबेदी, मानिषा नेपाली, कमला के.सी., आशिष कोइराला र विवेक चौधरी चयन हुनुभएको छ। साथै एक्जिक्युटिभ लिडमा सन्देश आचार्य चयन हुनुभएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल रेशम गिरीले सूचना प्रविधिको क्षेत्रमा विद्यार्थीहरूको क्षमता अभिवृद्धि, अनुसन्धान, नवप्रवर्तन तथा व्यवहारिक सिकाइलाई प्रवर्द्धन गर्न आईटी क्लबले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा तालिम, सेमिनार, कार्यशाला, ह्याकाथन, प्राविधिक प्रतियोगिता तथा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरी विद्यार्थीहरूलाई प्रविधिमैत्री वातावरण उपलब्ध गराइने बताउनुभयो।

नवनिर्वाचित पदाधिकारीहरूले क्लबलाई अझ सक्रिय, सिर्जनशील र परिणाममुखी बनाउँदै विद्यार्थीहरूको प्राविधिक तथा नेतृत्व क्षमताको विकासमा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Facebook Comments