काठमाडौं । ‘बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा युवाहरूले प्रदर्शन गरेका छन् ।
गणेश नेपालीको मृत्युको कारण सरकार भएको भन्दै उक्त घटनामा संलग्नलाई कारबाहीको माग राखेर युवाहरूले प्रदर्शन गरेका हुन् ।
राज्य आतंका मुर्दावाद, बालेन के तिम्रो राज्यमा गरिब र युवा अट्न नसक्ने हो, हत्यारा सरकार मुर्दावाद लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर युवाहरूले प्रदर्शन गरेका हुन् ।
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
